नियम १२९
राजीनामा स्वीकृत
(१) देहायका प्रहरी कर्मचारीको राजीनामा स्वीकृत गर्ने अख्तियार देहायका अधिकारीलाई हुनेछ :
(क) प्रहरी अतिरिक्त महानिरीक्षक र प्रहरी महानिरक्षिकको – नेपाल सरकार
(ख) प्रहरी वरिष्ठ उपरिक्षक र प्रहरी नायब महानिरीक्षकको – गृहमन्त्री
(ग) प्रहरी सहायक निरीक्षक देखि प्रहरी उपरीक्षकको – सचिव, मन्त्रालय
(घ) प्रहरी वरिष्ठ नायब निरीक्षक र प्रहरी नायब निरीक्षकको –प्रहरी महानिरीक्षक
(ङ) प्रहरी सहायक निरीक्षकको – प्रहरी अतिरिक्त महानिरीक्षक÷ प्रहरी नायब महानिरीक्षक
(च) प्रहरी वरिष्ठ हवल्दार, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार – प्रहरी वरिष्ठ उपरीक्षक÷प्रहरी उपरीक्षक
(छ) प्रहरी कार्यालय सहयोगीको – प्रहरी नायव उपरीक्षक वा सो भन्दा माथिल्लो दर्जाको प्रहरी अधिकृत ।
(२) निवृत्तिभरण पाउने सेवा अवधि पुगेको र एउटै पदमा कम्तीमा आठ वर्ष बहाल रहेको प्रहरी नायव उपरीक्षक वा सोभन्दा मुनिका कुनै प्रहरी कर्मचारीको नियम १२७ बमोजिम अनिवार्य अवकास हुन एक महिना बाँकी भएमा निजलाई एक तह पदोन्नति गरी अवकास दिइनेछ ।
(२क) उपनियम (२) बमोजिम पदोन्नति गरी अवकाश दिँदा देहायको प्रहरी कर्मचारीको हकमा देहायको पदको- अवधि गणना गरी देहायको पदमा पदोन्नति गरिनेछः-
(क) यो उपनियम प्रारम्भ हुँदाका बखत प्रहरी नायब निरीक्षक पदमा बहाल रही यो नियमावली प्रारम्भ भएपछि प्रहरी वरिष्ठ नायब निरीक्षक पदमा बढुवा हुने प्रहरी कर्मचारीको हकमा प्रहरी नायब निरीक्षकको पदको अवधि समेत गणना गरी प्रहरी निरीक्षक पदमा, (ख) यो उपनियम प्रारम्भ हुँदाका बखत प्रहरी नायब : निरीक्षक पदमा बहाल रही सोही पदमा कार्यरत रहेका प्रहरी कर्मचारीको हकमा सो पदको अवधिको आधारमा प्रहरी निरीक्षक पदमा,
(ग) यो उपनियम. प्रारम्भ हुँदाका बखत . प्रहरी हवल्दार पदमा बहाल रही यो नियमावली प्रारम्भ भएपछि प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा भएका प्रहरी कर्मचारीको हकमा प्रहरी हवल्दार पदको अवधि समेत गणना गरी प्रहरी सहायक निरीक्षक पदमा,
(घ) यो उपनियम प्रारम्भ हुँदाका बखत प्रहरी हवल्दार पदमा बहाल रही सोही पदमा कार्यरत प्रहरी कर्मचारीको हकमा सो पदको अवधिको आधारमा प्रहरी सहायक निरीक्षक पदमा,
(ङ) यो उपनियम प्रारम्भ हुँदाका बखत प्रहरी जवान पदमा बहाल रही यो नियमावली प्रारम्भ भएपछि प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका प्रहरी कर्मचारीको हकमा प्रहरी जवान पदको अवधि समेत गणना गरी प्रहरी हवल्दार पदमा,
(च) यो उपनियम; प्रारम्भ हुँदाका बखत प्रहरी/जवान पदमा बहाल रही सोही पदमा कार्यरत रहेका प्रहरी कर्मचारीको हकमा सो पदको अवधिको आधारमा प्रहरी हवल्दार पदमा ।
(३) प्रहरी कर्मचारीलाई अवकाशको पत्र दिने अधिकार अख्तियारवालालाई हुनेछ ।